एजेन्सी ।
स्पेनिस क्लब भ्यालेन्सियाका पाँच खेलाडी तथा खेल पदाधिकारीलाई कोरोनाको संक्रमण भएको छ । पाँचैजनाको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरुलाई ‘आइसोलेसन’ मा रोखेर उपचार गरिरहेको जनाइएको छ ।
भ्यालेन्सिया तथा अर्जेन्टिनाका डिफेन्डर एजेकिएल गाराइ कोरोना संक्रमण हुने ला लिगाका पहिलो खेलाडी हुन् । उनमा कोरोनाको संक्रमण आइतबार बिहान पुष्टि भएको हो ।
त्यसपछि आइतबार नै भ्यालेन्सियाका सेन्टर–ब्याक एलियाकिम माङ्गालाले पनि आफूलाई कोरोनाको संक्रमण देखिएको र सेल्फ आइसोलेसनमा बसेको बताए ।
युरोपमा कोरोनाका कारण बढी प्रभावित हुने देशको सूचिमा स्पेन दोस्रो नम्बरमा पर्छ । आइतबार एकै दिन स्पेनमा ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या २८८ पुगेको छ । स्पेनले सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु गरेको छ ।
रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा गएपछि गएको बिहीबार स्पेनिस ला लिगाका खेलहरु स्थगित भएका थिए।
भ्यालेन्सियाले वक्तव्य जारी गरेर कोरोना संक्रमित भएका खेलाडी तथा खेला पदाधिकारीहरु आ–आफ्नो घरमा राम्रो स्वास्थ्य अवस्थामा आइसोलेसनमा रहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया