एजेन्सी ।
इटालियन फुटबल फेडेरेशनले युरोकप फुटबल पछि सार्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका सिरी ए फुटबलका खेलहरु सकिन समय प्रदान गर्नका लागि युरोकप केही समय पछि सार्न इटालियन एफएले आग्रह गरेको हो ।
इटालियन एफएका अध्यक्ष गाब्रिएल ग्राभिनाले यो प्रस्ताव मंगलबार बस्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको आपतकालीन बैठकमा पेश गरिने जानकारी दिए ।
कोरोना भाइरसका कारण इटाली नराम्रोसँग प्रभावित भएपछि गएको मंगलबार सिरी ए फुटबलका खेलहरु तत्कालका लागि स्थगित भएका छन् । युरोकप फुटबल आउँदो जुन १२ देखि सुरु हुनेछ ।
प्रतिक्रिया