एजेन्सी ।
इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले कोरोना संक्रमणबाट प्रभावित देशका बालबालिकाको सहयोगका लागि अक्षय कोष बनाउने भएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर फ्रान्सेली फुटबलर पोग्बाले ‘कोभिड नाइन्टिनविरुद्धको लगाईका लागि सहयोग’ शीर्षकमा अक्षयकोष निर्माण गरेका हुन् ।
पोग्बा हिजोदेखि २७ वर्षमा लागेका छन् । उनले यसरी जम्मा भएको कोषको पैसा युनिसेफ मार्फत् बालबालिकालाई सहयोग गर्ने जनाएका छन् । पोग्बाले आफूले स्थापना गरेको कोषमा हरेक दिन २७ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख ५३ हजार रुपैयाँ थपिँदै जाने विश्वास लिएका छन् ।
उनले स्थापना गरेको अक्षय कोषबाट स्वास्थ्यकर्मीहरुका लागि पञ्जा, मास्क तथा चस्मालगायतका सामग्री पनि खरिद गरिने उल्लेख गरेका छन् ।
प्रतिक्रिया