१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

इटालीमा कोरोना संक्रमणका कारण मेयरको मृत्यु



एजेन्सी । कोरोना भाइरस संक्रमणबाट इटालीको एक नगरपालिकाका प्रमुखको मृत्यु भएको छ।इटाली सञ्चारमाध्यमका अनुसार कोरोना -कोभिड–१९०का कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको हो। ७० वर्षीय मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको समाचारमा उल्लेख छ।श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई यही मार्च ७ तारिख अस्पताल भर्ना गरिएको थियो। फोक्सोमा संक्रमणका देखिएका उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति : ३ चैत्र २०७६ सोमबार ००:००  ८ : ११ बजे