१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई राष्ट्रिय प्राकृतिक विपत्ती घोषणा गर्न माग



मायादेवी अनलाइन, अर्घाखाँची ।
शुक्रबार राति लगातार तीन घण्टा परेको अविरल बर्षासहितको असिनाले अर्घाखाँचीको शीतगंगामा बालीनाली सखाप पारेको छ । किसानले लगाएको गहुँ, जौ, तोरी लगायतका बालीनालीमा असिनापानीले सखाप पारेको हो ।
नगरपालिकाको वडा नं. ३, ४ र १२ मा सबैभन्दा बढी क्षति पुगेको नगरपालिकाले जनाएको छ । चैत्र १ गते राति १० बजेदेखि १ बजेसम्म आएको अविरल बर्षा सहितको असिना दशकौं पछिको भयानक रहेको स्थानीयबासीले बताएका छन ।
जमिनका कुनै भाग नदेखिने गरी परेको असिना आइतबार दिनभरको घामले पनि पगाल्न सकेको छैन । असिनापानीले किसानले लगाएको हिउँदे अन्नबाली, तरकारी खेती, फलफूल तथा कुखुरा पाल्ने घरटहरा, विभिन्न नर्सरीमा नराम्रोसंग क्षति पुगेको नगर प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यता असिनापानी सहितको बर्षाले ठूलै क्षति पुर्याएपछि शीतगंगा नगरपालिकाले केन्द्र र प्रदेश सरकारसंग राष्ट्रिय प्राकृतिक बिपत्ति घोषणाको माग गरेको छ । नगर प्रमुख सूर्य प्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा किसानलाई उचित क्षतिपूर्तीको माग गर्नुभयो । यो क्षतिलाई नगरपालिकाले राष्ट्रिय बिपत्तिको रूपमा लिएको पनि जनाएको छ ।
प्राकृतिक विपत्तिले वडा नं. १२ रातामाटाका १० बर्षीय विकास नेपालीको ज्यान लिएको पनि विज्ञप्तिमा जनाइएको छ । नेपालीलाई असिनापानीले चुट्दा मृत्यु भएको जनाइएको छ ।
हेर्नुहोस विज्ञप्ति

Image may contain: text

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ९ : ०८ बजे