काठमाडौं ।
कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध लड्न सार्क देशले (कोभिड–१९) आपत्कालीन कोष बनाउने भएका छन् ।
आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गर्नुभएको हो । उहाँले कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर जम्मा गर्ने घोषणा गरे ।
यो कोषमा सार्क देशले रकम जम्मा गर्न सक्ने र यो रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च हुने मोदीले बताए । उनले कोरोनासँग लड्न भारतले र्यापिड रेस्पोन्स टिम बनाएको र आवश्यक परेमा अरु देशलाई पनि अनलाइन ट्रेनिङ दिइने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिक्रिया