१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन बेड तयार



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि कपिलवस्तु अस्पतालमा तीन वटा आइसोलेशन बेड निर्माण गरिएको छ । सरकारको निर्देशन अनुसार कोरोना संक्रमितलाई लक्षित गरी बेड निर्माण गरिएको हो ।
कोरोना भाईस लक्षित बेड निर्माण गरिएको राखिएको अस्पतालका सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए । ‘हामीले कोरोना भाईरस संक्रमितहरुको उपचारका लागि अस्पतालमा ३ वटा छुट्टै बेड राखेका छौ’ उनले भने ।
उता कोरोना भाईरसको संक्रमण बिश्वब्यापी रुपमा फैलिएर त्रसित बनेपछि भारतले नेपालका चार वटा नाका मात्र संचालन गर्न दिने भन्ने समाचार बाहिर आए पनि कपिलवस्तुमा भने जिल्लाका १० वटै नाकाबाट आवत-जावत जारी छ । भारतले आइतवार बिहान देखि नै काकरभिट्टा, कैलाली, बिरगंज र भैरहवाका नाका बाहेक अन्य नाकाहरु संचालनमा रोक लगाउने कुरा बाहिर आएको थियो ।
कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले आफुहरुलाई गृह मन्त्रालयबाट नाका संचालनमा रोक भएको बिषयमा आइतवार साँझसम्म त्यसबारे जानकारी नआएको बताए । जिल्लामा कृष्णनगर र सुठौली ठुला नाका र चाकरचौडा छोटी भन्सार लगायत १० नाकाहरु छन । भारतबाट नेपाल आउने नेपालबाट भारत जानेक्रम भने नरोकिएको प्रजिअ पौडेलले बताए ।
कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाका कृष्णनगर सुठौली र चारकचौडा नाकामा बिशेष निगरानी बढाइएको उनले बताए । ती नाकाहरुमा स्वास्थ्यकर्मी सहीतको हेल्प डेस्क संचालनमा ल्याइएका छन ।
ती नाकाबाट आउजाउ गर्ने मानिसहरु मध्ये ज्वरो र रुघाखोकी लागेकाहरुलाई निगरानी गरिने पौडेलले बताए । खुलारुपमा नाकाहरुमा निर्वाध आउँजाउँले गर्दा कोरोनाको सक्रमण फैलन उच्च जोखिम रहेको स्वास्थयकर्मी बताउँछन । भारतको लखनउ, दिल्ली, बिहार लगायतका स्थानमा कोरोना संक्रमण फैलिए पछि जिल्लाबासी त्रसित बनेका छन ।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ८ : १० बजे