मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नं. ३ मा बिष्णु महापुराण महायज्ञ हुने भएको छ । चीनको युहान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारीले बिश्वाको लागि समस्याको विषय बनेको समस्याको न्यूनिकरण गर्नको लागि महायज्ञ गर्न लागिएको छ ।
यस भाइरसले विभिन्न देशमा गरि अहिले हजारौंको ज्यान लिइ सकेको छ भने एक लाख बढी अझै संक्रमित छन् । कोरोना भाइरस विरुद्ध कुनै बिशेष औषसध नबनेको हुँदा बिश्वका मानिस चिन्तित बनेका छन् ।
अहिले बिश्वका ४० देश भन्दा बढि स्थानमा कोरोनाको त्रासमा रहेका बेला विभिन्न धर्मका नागरिकहरुले रितिरिवाजको हिसाबले कोरोना भाइरसको संकटबाट छुटकार पाउनका लागि ईश्वर संग प्राथना गरिरहेका छन् ।
यस्तै भगवान बुद्धको क्रिडा स्थल तिलौराकोट नजिक अवस्थित रहेको श्री राम जानकी मन्दिर, रामघाट धाममा यहि आउँदो नयाँ बर्ष २०७७ बैशाख १३ गतेका दिन कोरोना भाइरसको संकटबाट पूरा विश्वलाई मुक्ति मिलोस भनी प्राथनाको लागि बिष्णु महापुराण महायज्ञ हुने भएको छ । उक्त महायज्ञको आयोजना श्री राम जानकी मन्दिर, रामघाटधामका सन्त महन्तद्वारा गरिने छ ।
कोरोना भाइरसको संकटबाट विश्वले छुट्कार पाउन भनी भगवानसंग प्रार्थना गर्नकै लागि उक्त यज्ञको आयोजना गरिएको बताएका छन् । उक्त महायज्ञको पूर्ण आहुती भने २०७७ बैशाख २१ गत एकादशीका दिन गरिने भनी मन्दिरका महन्तले बताएका छन् ।
यस महायज्ञमा सहभागि हुनका लागि आयोजक समितिले आग्रह गरेका छन् । होमन पूजा पाठबाट कोरोना प्रकोप नष्ट हुने र विश्वमा शान्ति स्थापना हुने सन्तराम दासले बताए । भगवान नै सबैको रक्षक भएकोले महायज्ञ पछि यो समस्या समाधान हुने रामघाट धामका अध्यक्ष राजेन्द्रनाथ शुक्लले बताए ।
२ चैत्र २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया