सन्धिखर्क ।
प्रदेश ५ का विभिन्न घटनामा परि ५ जनाको मृत्युभएको छ । अर्घाखाची, गुल्मी र बर्दियामा भएका दुर्घटनामा परी ५ जनाको ज्यान गएको हो । अर्घाखाँचीमा असिनापानीले चुटेर एक बालकको ज्यान गएको छ । शितगंगा नगरपालिका १२ का १० वर्षीय बालकको असिनापानीले चुटेर ज्यान गएको हो । शितगंगा नगरपालिका रातामाटाका विकास नेपालीको शनिबार राती परेको असिनाले चुटेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।
शनिबार दिउँसो घरबाट हिँडेका नेपाली डोहोटेको कुडुले जंगलमा बाटोको कुनामा मृत भेटिएका हुन । उनी सुस्त मनस्थितिका थिए । बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्हरीले बताएको छ ।
अर्घाखाँचीकै भूमिकास्थान नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । शनिबार राती परेको भीषण वर्षापछि आएको खोलाले बगाएर भूमिकास्थान नगरपालिका ९ ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।
चरेपानीमै रहेको पातले खोलाले बगाएर वलालको मृत्यु भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अघिपछि नआउने सानो बग्ने खोलामा भीषण पानीले खोला बढेको हो।
यस्तै
गुल्मीमा एक जना महिला मृत फेला परेकी छन । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी राजेन्द्रसिंह खड्काले बताए ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिँडेकी महिलाको शव भिरमा भेटिएको एसपी खड्काले बताए ।
उता
बर्दियाको ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा दुई महिला मृत भेटिएका छन्। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा रहेको सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले जनाएको छ । प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका(५ बस्ने ७० वर्षीया मिश्री थारू र उनकी ४६ वर्षीया बुहारी फूलरानी थारूको शव फेला परेको हो ।
शनिबार मिर्चैयामा रहेको आफन्तको घरबाट आफ्नो घर फर्किने क्रममा असिनासँगै परेको चट्याङ लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शनिबार असिनासँगै आएको हावाहुरी कारण बर्दियाका विभिन्न स्थानका पाक्नै लागेको बालीमा क्षति र्पुयाएको छ ।
२ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया