काठमाडौं ।
सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार कोरोना भाइरसको संक्रमण रोकथामबारे छलफल गर्न मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो । उनले आजै दिउँसो सिंहदरबारमा मुख्यमन्त्रीहरूसँग छलफल गर्ने जानकारी दिए । ुकोरोना भाइरसको संक्रमण रोकथामबारे भइरहेको गतिविधिको जानकारी लिन र एकीकृत कार्यक्रम तय गर्न छलफल गर्न लागिएको होु, मन्त्री ढकालले भने ।
छलफलका लागि मुख्यमन्त्रीहरू काठमाडौं आइपुगेका छन् । सातै प्रदेशका प्रदेश प्रमुखहरू पनि काठमाडौंमै छन् । उनीहरूले आजै मात्र सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डसँग सामूहिक छलफल गरेका छन् ।
प्रदेश सरकारहरू संघीय सरकारकै नीतिअनुरुप कोरोना भाइरसको संक्रमण रोकथामबारे कार्यविधि बनाएर काम गरिररहेका छन् ।
२ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया