१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाको कहरः इटालीमा मात्रै ज्यान गुमाउनेको संख्या १४४१ पुग्यो



एजेन्सी ।
फ्रान्सस्थित इफेल टावरमा अनिश्चितकालका लागि बन्द गरिएको सूचना टाँसिएको छ। चैत २, २०७६ कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि युरोपेली मुलुकहरुले व्यापक प्रतिबन्धको घोषणा गरेका छन् । फ्रान्सले पर्यटनको मुटु मानिने इफेल टावर प्रवेश अनिश्चितकालका लागि बन्द गरिदिएको छ । फ्रान्ससँगै स्पेनले आफ्ना नागरिकको गतिविधीमाथि व्यापक प्रतिबन्ध घोषणा गरेको छ । इटलीमा कोरोना संक्रमणको अवस्था निकै भयावह देखिएको छ । अहिलेसम्म त्यहाँ संक्रमणका कारण १४४१ जनाको ज्यान गएको छ । १५१८ जनाको अवस्था चिन्ताजनक छ । कोरोनाकै काण स्पेनमा १९६ र फ्रान्समा ९१ जनाको ज्यान गइसकेको छ । चीनको उहानमा शुरूमा कोरोना संक्रमित पत्ता लाग्दा अट्टाहस गरेर बसेका युरोपेलीहरु यतिखेर आफैं समस्यामा परेका हुन् ।

यता चीनले भने युद्धस्तरमा स्वास्थ्य उपचार र सजगताको काम गरेर कोरोना संक्रमण फैलावटलाई लगभग नियन्त्रणमा लिइसकेको छ । १९१ जनाको ज्यान गएपछि युरोपमा स्पेन इटालीपछिको सबैभन्दा खराब प्रभाव परेको देश भएको छ । फ्रान्सले पनि ९१ जनाको ज्यान गएपछि क्याफे, रेस्टुरेन्ट, सिनेमाघर र पसलहरु बन्द गरिदिएको छ । युरोपेली देशहरुमध्ये इटालीमा कोरोना संक्रमणका कारण सबैभन्दा धेरै अर्थात १४४० जनाको मृत्यु भएको छ । मानवीय हताहती बढेपछि सोमबार नै इटालीले राष्ट्रव्यापी प्रतिबन्ध घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले पनि युरोपलाई कोरोना महामारीको नयाँ केन्द्रबिन्दु भएको बताएको छ ।

युरोपका अधिकांश मुलुकमा कोरोना संक्रमणका मामिला भेटिइसकेका छन् । चीनको उहानमा शुरूमा कोरोना संक्रमित पत्ता लाग्दा अट्टाहस गरेर बसेका युरोपेलीहरु यतिखेर आफैं समस्यामा परेका हुन् । यता चीनले भने युद्धस्तरमा स्वास्थ्य उपचार र सजगताको काम गरेर कोरोना संक्रमण फैलावटलाई लगभग नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ९ : ४५ बजे