१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आज विश्व उपभोक्ता अधिकार दिवस, दुधमा पानी हाल्नेदेखि विद्यालय र अस्पत्तालसम्म ठगी



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईन्छ । उपभोक्ताले प्रयोग गर्ने सामाग्रीमा जनचेतना जगाउन हरेक बर्ष मार्च १५ तारिखको दिन यो दिवस मनाउने गरिन्छ । आजको विश्व वजारमा उपभोक्ताहरु ठगीन सक्ने र अन्यायमा पर्न सक्ने प्रशस्तै खाडलहरु देखिएको कारण आज यस विषयमा जनचेतना जगाउने काम हुन्छ ।

दुधमा पानी, घयूमा वनस्पती घयू, मरिचमा मेवाका सुकेका दाना, शिक्षामा विभिन्न अवास्तविक कुराहरुका शुल्क, खानामा आकासिँदो मुल्य र झर्दो गुणस्तर, स्वास्थ्य उपचारमा अपारदर्शी मुल्यहरु लगायत अन्य चरम उपभोक्ता अधिकारका हननहरु भइरहेकाले आजको दिन यसमा सचेतता अपनाउन जरुरी छ । औषधी नपाएर मृत्यू शैयाका विरामीहरु छपपटिएका देखि स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा कार्यक्रम नै देशब्यापी रुपमा प्रभावित भएका कुराले नेपाली उपभोक्ताको अवस्था अवस्था छर्लगं हुन्छ ।

दुधमा भएका कोलिफर्म, पुष्टकारीका कथा, सार्वजनिक यातायातका मनपरी भाँडा, स्कूलै पिच्छेको फरक चर्को शुल्क, अस्पतालका हृदय विदारक घटना अनि शुल्कका फेरिहिस्तहरुले उपभोक्ता अधिकार प्रति उदासिन नेपाली सरकार र नेपाली औसत जनमानसको कारुणीक अवस्थाको वयान गर्दछ । अर्कोतर्फ हरेक विक्रेता क्रेता हो अनि हरेक क्रेता विक्रेता हो । हामीहरु कतै आफ्नो समय या सीप वेच्दछौ भने कतै आएको रकमले बस्तु अनि सेवा क्रय गरेर क्रेता बन्न पुग्दछौ । यो क्रय र विक्रय दुबैमा पारदर्शीता भए मात्र पनि पभोक्ता अधिकार संरक्षण हुने सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ६ : १७ बजे