१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मृगौला पीडित रेश्मीलाई एक लाख सहयोग हस्तान्तरण



रचना खासु मगर, तौलिहवा ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ९ घर भई हाल कपिलवस्तु बाणगंगा नगरपालिका बोडगाउँमा अस्थाई रुपमा बसोबास गर्दै आउनु भएकी मृगौला पीडित शिबकला रेश्मीलाई एक लाख हस्तान्तरण गरिएको छ ।
मदरल्यान्ड कल्ब अर्घाखाँचीले सञ्चालन गरेको “शिबकला रेश्मी बचाऔँ” अभियानबाट संकलन भएको नगद एक लाख आज एक कार्यक्रमका बीच पीडित रेश्मीको परिवारलाई हस्तान्तरण गरिएको हो ।
देश तथा विदेशबाट सो अभियानमा सहभागीता जनाउँदै सहयोगीहरुबाट सो रकम संकलन भएको हो । देश बिदेशमा रहनु भएका सहयोगिहरुलाई धन्यवाद दिँदै उहाँहरुको पसिनालाई सहि ठाउँमा उपयोग गर्ने पिडित रेश्मीका श्रिमान गोबिन्द रेश्मीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सागर खासुले क्लबले छोटो समयमा नै रकम उठाउन सकेकोले अभियानमा साथ दिनुहुने सहयोगी हातहरुलाई धन्यवादका साथै अझ सहयोगको आशा रहेको उहाँले बताउनु भयो ।
दुबै मृगौलाले काम गर्न छोडे पछि पीडित शिबकला रेश्मी बिगत एक बर्ष देखि ‘युनिभर्सल कलेज अफ मेडिकल साइन्स’ भैरहवामा डाइलासिस गर्दै आउनु भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६ शनिबार ००:००  ८ : ५९ बजे