बुटवल ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्डमा रहेका मोडलाई काटेर फराकिलो बनाउने काम सुरु गरिएको छ । सडक स्तरोन्नतिको काम सुरु भएपछि आजदेखि १२ दिनसम्म दैनिक आठ घण्टा बन्द हुनेछ । दैनिक बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरेर काम गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधनहरु यथावत रुपमा सञ्चालन हुनेछन् ।
डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले भने, ‘यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकिएको छ ।’
साँघुरा मोडका कारण सवारी दुर्घटना बढेपछि सडक डिभिजन कार्यालयले मोड काटेर फराकिलो बनाउने काम सुरू गरेको हो ।
१ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया