मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको गद्दाघाटको पानी कृषि सिँचाईका लागि शंकरपुर तालमा पानी ल्याउन शनिवार एक टोलीले स्थलगत निरिक्षण गरेको छ । कृषि सिँचाईको लागि शिवराज नगरपालिका ९ गद्दाघाटबाट विजयनगर गाउँपालिकाको शंकरपुर तालमा पानी ल्याउन डि. पि.आर.को लागि स्थलगत निरीक्षण गरिएको टोलीले जनाएको छ ।
गद््दाघाटको मुहानबाट शंकरपुर तालमा पानी ल्याउन प्रचुर सम्भावना रहेको बताईएको छ । गद्दाघाटको पानीलाई राज कुलो हुँदै शंकरपुर तालमा संचित गरी सिँचाई गर्न सकिने सम्भावना देखिएको निरीक्षण टोलीले जानकारी दिएको छ । शिवराज नगरपालिकाको वडा नं. ९ र विजयनगर गाउँपालिकाका कृषकहरु लाभान्वित हुने सम्भावना रहेको टोलीले जनाएको छ ।
डि.पि. आर. का लागि छिटै कार्य सञ्चालन गर्न पहल गर्ने प्रदेस सभा सदस्य अर्जुन कुमार केसी बताउनु भएको छ ।
कपिलवस्तुको ३ नं. क्षेत्रका प्रदेस सभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी र विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, शिवराज नगरपालिका ९ का वडाध्यक्ष चुर बहादुर खड्का, वाणगंगा सिंचाइ कार्यालय कपिलवस्तुका प्रमुख नेत्र बोहरा स्थानीय समाजसेवीहरुको सहितको टोलीले सिंचाइ गर्न सर्बेको लागि स्थलगत पुगेर निरीक्षण गरेको हो ।
१ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया