१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अवरुद्ध विद्युत सुचारु



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबार विहान देखि अवरुद्ध भएको यस क्षेत्रको विद्युत सुचारु भएको छ । कपिलवस्तुको वाणगंगा ४ सिद्धिपुर, होराइजन चोक, मायादेवी मिडिया क्षेत्र र आधा चारनम्बरको विद्युत ट्रान्सफर्मर जलेपछि विद्युत अवरुद्ध भएको थियो ।
विद्युत अवरुद्ध हुँदा रेडियो मायादेवी, मायादेवी अनलाइन डटकमसंगै शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना, बजार सस्त्र र सर्वसाधारण प्रभावित भएका थिए ।
नयाँ ट्रान्सफर्मर फेरेपछि शनिबार अपराह्न ४ बजेबाट विद्युत सुचारु भएको विद्युत वितरण केन्द्र गजेहडाले जनाएको छ । विद्युत नियमित भएसंगै रेडियो मायादेवीको प्रशारणमा सहजता आएको रेडियो प्रशासनले जनाएको छ ।
झण्डै ३६ घण्टाभन्दा बढी समय विद्युत अवरुद्ध हुँदा विद्युतको विकल्पमा रेडियोमा रहेको व्यायकपले पनि काम नगरेपछि रेडियोको प्रशारण बन्द हुन पुगेको हो । रेडियो बन्द हुँदा आम स्रोता, विज्ञापनदाता र शुभेच्छुकमाथि पर्न गएको असुविधा प्रति रेडियोले दुःख प्रकट गरेको छ ।

यता विद्युत अवरुद्धको मारमा मायादेवी अनलाइन डटकमलाई पनि परेको छ । विद्युत नहुँदा अनलाइनबाट दैनिक हुँदै आएको न्यूज अपडेटमा समस्या भएको थियो । अब विद्युत नियमित भएसंगै अनलाइनबाट पलपलमा समाचार पढ्न सकिने मायादेवी अनलाइनको समाचार शाखाले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६ शनिबार ००:००  ६ : १० बजे