काठमाडौँ ।
दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।
दश दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि केही बेरअघि उनी डिस्चार्ज भएका हुन् ।
उनी प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल भर्ना भएका थिए । ओलीको २१ गते भान्जी नाता पर्ने समीक्षा संग्रौलाले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो ।
अस्पतालले डिस्चार्ज गर्दै ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । तथापी चिकित्सकहरुले उनलाई आराम गर्न र संक्रमणबाट बच्न सुझाव दिएका छन् ।
प्रतिक्रिया