थानेश्वर अधिकारी, चारनम्बर ।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा संचालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत शुक्रबारदेखि बाणगंगा नगरपालिका वडा नं ८ वोडगाउँमा ३ महिने व्यूटिपार्लर र सिलाइ कटाई तालिमको शुभारम्भ भएको छ ।
कपिलवस्तु जिल्लाका सबै स्थानीय तहमा संचालित सो कार्यक्रमबाट छनौटमा परेका उद्यमीहरुलाई ३ चरणमा गरी ८ दिने उद्यमशिलता विकास तालिम संचालन गरी व्यवसाय छनौटका आधारमा सो तालिम संचालन गर्न लागिएको उद्यम विकास सहजकर्ता यज्ञ बहादुर चन्दले जानकारी दिनु भएको छ ।
बाणगंगा नगरपालिकामा लामो अवधी, मध्यम अवधी र छोटो अवधीका सिलाई कटाई, व्यूटिपार्लर, डल कुशन, झोला बुन्ने तालिम, टुना टपरी, बाख्रा पालन र तरकारी खेतीको माग आएको छ ।
यसै सन्दर्भमा तालिम उद्घाटन समारोहमा बोल्दै नगर स्तरीय उद्यम विकास समितिका संयोजक तथा बाणगंगा नगरपालिका वडा नं ८ का अध्यक्ष गुणनिधि भुसालले कार्यक्रम लक्षित बर्गका लागि अति उपयोगी रहेको र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमी बनाई उनीहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने बताउनु भएको छ ।
साथै कार्यक्रमलाई परिणाममुखी बनाउन आग्रह गर्नु भएको छ । कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा वडा नं. ८ का महिला वडा सदस्य गीता भुसालले कार्यक्रमले सीप विकासको माध्यमबाट उत्पादनमा जोड दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रम नगर स्तरीय उद्यम विकास समितिका संयोजक तथा बाणगंगा नगरपािलका वडा ८ का वडाध्यक्ष गुणनिधि भुसालको अध्यक्षता, बाणगंगा नगर कार्यपालिका सदस्य गीता भुसालको, आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक थानेश्वर अधिकारीले गर्नु भएको सो तालिममा २० जनाको सहभागिता रहेको छ ।
३० फाल्गुन २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया