गुल्मी ।
गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन् । उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ । यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेका छन् । इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा २८ र मुसिकोट नगरपालिकामा ३८ जनामा एचआइभी संक्रमित रहेको गैरसरकारी संस्था हाम्रो जीवन प्लस गुल्मीले जनाएको छ ।
३० फाल्गुन २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया