९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चेल्सीका फरवार्ड हड्सनलाई कोरोना संक्रमण



एजेन्सी ।
इङ्लिस क्लब चेल्सीका फरवार्ड कलुम हड्सन ओडोइलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

चेल्सीले एक विज्ञप्ति निकाल्दै हड्सनमा कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।

‘चेल्सीको पुरुष टिमका खेलाडी कलुम हड्सन ओडोइको कोरोना भाईरसको परिक्षण नतिजा पोजिटिभ देखिएको छ,’ चेल्सीले भनेको छ ।

कोरोनाबाट संक्रमित हुने उनी प्रिमियर लिगका पहिलो खेलाडी हुन् ।

चेल्सीले हड्सनमा कोरोना देखिएपछि अन्य खेलाडी र स्टाफलाई क्वारेन्टाइनमा राखेको छ ।

यस्तै आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई समेत कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : ४० बजे