९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

तीन दिनसम्म चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं ।
नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू-भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भु-भागमा आशिंक भएको छ ।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा तीन दिन मेघ-गर्जनरचट्याङ्ग र असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
चट्याङ र असिना, हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : १० बजे