मायादेवी अनलाइन, तौलिहवा ।
मूल पार्टी एकिकरण भएपछि थालिएको तत्कालिन नेकपा (एमाले) निकटको युवा संघ नेपाल कपिलवस्तु र नेकपा (माओबादी केन्द्र) निकट वाइसीएल नेपाल कपिलवस्तुको जिल्ला एकताले पूर्णता पाएको छ ।
विहीबार संघका जिल्ला संयोजक विकास कुँवरको अध्यक्षतामा बसेको बैठकले ७१ सदस्यिय जिल्ला कमिटी चयन गरेको हो । साविक दुई वटै संगठनबाट ७१ सदस्यिय जिल्ला कमिटी चयन गरेको राष्ट्रिय युवा संघ कपिलवस्तुले एक विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
जिल्लाका १० ओटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी कमिटी चयन गरिएको छ । केन्द्रले यस अगावै ७७ वटै जिल्लाको संयोजक र सह संयोजकको टुङ्गो लगाई सकेको छ । यद्यपि जिल्ला कमिटीले भने सबै जिल्लामा पूर्णता पाइसकेका छैनन् । तर, कपिलवस्तुमा कमिटीलाई पूर्णता दिइएको छ ।
बैठकमा संघका केन्द्रिय सदस्यदोय गोपालमणी ज्ञवाली र प्रेम चागाईको आतिथ्यता रहेको थियो । संघको संयोजकमा तत्कालिन वाइसीएलबाट कुँवर र सह संयोजकमा तत्कालिन युवा संघबाट कृष्ण कार्कीले जिम्मेवारी पाउनुभएको छ ।
यस्तो छ जिल्ला कमिटीमा पर्नेहरुको नामावलीः
प्रतिक्रिया