९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्रतिपक्ष कांग्रेसले गर्‍यो प्रदेशसभाको बैठक अवरुद्ध



पोखरा ।
गण्डकी प्रदेशसभाको बिहीबार बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आ-आफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने ‌‌औंल्याए । अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्नेछ । रासस

प्रकाशित मिति : २९ फाल्गुन २०७६ बिहिबार ००:००  १० : २६ बजे