बुटवल ।
कोरोना भाइरस संक्रमणको आशंकामा एक युवकलाई बुटवलको अस्पतालमा भर्ना गरिएको छ । २१ वर्षीया ती युवामा निमोनियासहितका लक्षण देखिएपछि आइसोलेसनमा राखिएको छ । उनी बिहीबार अस्पतालमा उपचारका लागि आएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले लक्षण मिलेको र युवाअवस्थामा पनि निमोनिया देखिएकाले कोरोनाको आशंका गरिएको बताए । उनमा भाइरस भए नभएको जाँचका लागि नमुना काठमाडौं पठाईदै छ ।
ती युवक विदेशीसहितको एक कार्यक्रममा सहभागी भएको अस्पतालले जनाएको छ । रुपन्देहीका ती युवामा कोरोनाको आंशका देखिए पनि त्रसित भैहाल्नुपर्ने अवस्था नरहेको मेसु खनालले बताए ।
बिमीको सुरक्षित रुपमै उपचार गरिएकाले अरु बिरामी आत्तिनु नपर्ने उनको भनाइ छ । रुपन्देहीका विभिन्न अस्पतालमा करिव २ दर्जन आइसोलेसन वार्ड बनाइएको छ । पहिलो पटक कोरोना आशंकामा बिरामी भर्ना गरिएको हो ।
प्रतिक्रिया