मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा २ लाख घुससहित एक जना पक्राउ परेका छन् । जिल्ला अदालत कपिलबस्तुमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसंग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका दोभासे विश्वनाथ कुर्मी चौधरीलाई रंगेहात नगद सहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताउनु भयो ।
सेवाग्रहीबाट कर्मचारीले घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
करिब ५ बजे कार्यालय समय पश्चात कपिलबस्तुको गौढीचौकमा रहेको महामाया अफसेट प्रेसबाट चौधरीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ ।
२९ फाल्गुन २०७६ बिहिबार ००:००
10
Shares
प्रतिक्रिया