९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

रमेश खरेल ‘राजनीतिक शुद्धीकरण’ को अभियानमा



काठमाडौं ।
राजनीतिमा शुद्धीकरण गर्ने भन्दै पूर्व प्रहरी अधिकारी रमेश खरेलले अभियान थालेका छन्। ‘हाम्रो नेपाल, सुशासन अभियान’ नाम दिएर खरेलले बिहीबार काठमाडौंको एक पार्टी प्यालेसमा अभियानको सुरुवात गरेका हुन् ।

यसअघि समूहमै विवाद भएपछि उद्घाटन कार्यक्रमबाट खरेल बाहिरिएका थिए र अभियानको सुरुवात हुन सकेको थिएन । बिहीबार खरेलले आफू संयोजक रहेको पाँच सदस्यीय समूह सार्वजनिक गरेका छन् ।

समूहमा खरेल संयोजक, देवप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ सदस्य रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६ बिहिबार ००:००  ५ : ५१ बजे