काठमाडौँ ।
डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
गएराती सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगमा लिभरपुल एटलेटिको म्याड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुदै समग्रमा ४-२ गोल अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगको अन्तम १६ बाटै बाहिरिएको हो ।
योसँगै एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
एटलेटिकोको जितमा मार्कोस लिओरेंटले दुई गोल गरेका थिए भने अल्भारो मोरटाले एक गोल गरेका थिए ।
त्यस्तै लिभरपुलका लागि जर्जिनियो विजनाल्डम र रोबेर्टो फिर्मिनोले एक एक गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा लिभरपुल १-० ले अगाडी भएपछि समग्रमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त ३० मिनेट खेलाइएको थियो । अतिरिक्त ३० मिनेटको खेलमा एटलेटिकोले ३ गोल गर्यो भने लिभरपुलले १ गोल गरेको थियो ।
योसँगै एटलेटिको म्याड्रिड, पिएसजी, आरबि लेइपजिंग र एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।
प्रतिक्रिया