मायादेवी अनलाइन, कपिलवस्तु ।
कक्षा ७ मा पढ्ने १४ वर्षिया बालिकालाई जवरजस्ती करणी मुद्दामा बुद्धभूमि नगरपालिका–९ ईमिलियाका १८ वर्षिय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला भएको छ । सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई उक्त सजाय तोकेको हो ।
जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सो फैसला गरेको हो । अदालतका श्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार जना बालकलाई भने ८ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ । बालबालिका सम्बन्धी ऐनको दफा ३६(४) अनुसार आरोपी बालक भए कैदको दुई तिहाई मात्र सजाय भोग्नु पर्ने प्रावधान छ ।
२०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई ६ जनाले ललाई फकाई जवरजस्ती करणी गरेका थिए । बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन् । घटनापछि बालिकाले ३ महिना ४ दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचको क्रममा भेटिएको थियो । पीडितकी आमाले २०७६ बैशाख ११ गते आफ्नी छोरीलाई ६ जनाले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा घटनाका मुख्य आरोपी योगेश श्रेष्ठ पक्राउ परेका थिए ।
ती बालिकालाई बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेस्थित रोयल खुस्बु होटलमा लगि बलात्कार गरिएको थियो । होटलका मालिक बुद्धभूमि नगरपालिका–९ ईमिलियाका युवराज भुसाल जैसीले पनि बालिकालार्ई बलात्कार गरेका थिए । किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको मुद्दा मुल्तबी राखिएको श्रैस्तेदार शर्माले बताए । ती बालिका सकुशल रहेको प्रहरीले जनाएको छ ।
१८ वर्ष मुनिका बालबालिकाको सहमति र असहमति दुबै अवस्थामा बलात्कार हुने मुलुकी संहितामा उल्लेख गरिएको छ ।
२९ फाल्गुन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया