९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राप्रपा एकीकरणः गीताको पुस्तक छोएर पार्टी नफुटाउने कसम खान माग



काठमाडौं ।
राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो । नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ ।
कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच पार्टी एकतासम्बन्धी आधार पत्र आदान प्रदान गरेर पार्टी एक भएको घोषणा गरेका हुन् ।
एकीकरण पत्र आदानप्रदान गरिरहँदा कार्यकर्ताले बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए । एकता कार्यक्रममा सहभागी केहीले नेताहरूले गीताको पुस्तक छोएर अब पार्टी फुट्दैन भन्नु पर्ने बताएपछि अन्य सहभागीले सही थपेका थिए ।
गीता छोएर पार्टी फुट्दैन भन्नु पर्ने माग आएपछि एकजनाले गीताको पुस्तक मञ्चमा लगेका थिए। तर अध्यक्ष थापा र राणाले उक्त पुस्तक छोएनन् ।
शनिबार एकीकरणसम्बन्धी १० बुँदे आधार पत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए । अब राप्रपामा ३ अध्यक्ष रहने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६ बुधबार ००:००  २ : ५७ बजे