एजेन्सी ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ हजार तीन सय पुगेको छ। चीनमा मात्र तीन हजार एक सय ५८ जनाले ज्यान गुमाएका छन्। इटालीमा ६ सय ३१, इरानमा २ सय ९१, दक्षिण कोरियामा ६१, स्पेनमा ३६, फ्रान्समा ३३ र अमेरिकामा ३१ जनाले ज्यान गुमाएका छन्। विश्वभर एक लाख १९ हजार २ सय ४५ जनामा संक्रमण देखिएकामा ६६ हजार पाँच सय ७८ जना निको भएका छन्।
हाल चीनमा १६ हजार एक सय २६ र इटालीमा ८ हजार पाँच सय १४ जना संक्रमित छन्। १ सय १९ भन्दा बढी देशमा कोरोनाको संक्रमण भेटिएको छ।
२८ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया