मायादेवी अनलाइन, चन्द्रौटा ।
रोट्याक क्लब अफ कपिलवस्तुले जिल्लाको चन्द्रौटामा निःशुल्क माक्स वितरण गरेको छ । विश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला पूर्व सावधानीका लागि निःशुल्क माक्स वितरण गरिएको रोट्याक क्लब अफ कपिलवस्तुका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।
बजारमा व्यापारीहरुले माक्सको कृत्रिम अभाव गरेको औल्याउँदै रोट्याक क्लब अफ कपिलवस्तुका अध्यक्ष घिमिरेले सर्वसाधारणलाई माक्स सर्वसुलभ रुपमा उपलब्ध गराउन आग्रह समेत गरे । माक्स नेपालमै सस्तो र सर्वसुलभ रुपमा उत्पादन गरी हरेक जनमानसमा पु¥याउन सकिने उनले बताए । नेपालकै उत्पादनलाई बढावा दिन पाल्पामा निर्मित ढाकाको माक्स निःशुल्क रुपमा वितरण गरिएको उनले जनाए । “ब्यापारिक नगरी चन्द्रौटामा बढी भिडभाड हुने भएकोले चन्द्रौटालाई लक्षित गरी माक्स वितरण शुरुवात गरेका हौं”–घिमिरेले भने ।
माक्स वितरण गर्दै रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानुप्रसाद पोखरेलले मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर रोट्याकले ल्याएको अभियान निकै सह्रानीय रहेको भन्दै प्रशंसा व्यक्त गरे । स्वास्थ्य नै धनलाई मध्यनजर गर्दै पहिले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई ख्याल गर्दै अघि बढ्न सबैलाई सुझाव दिए । अभियानलाई जिल्लाव्यापी बनाउन रोटरी क्लब पनि सधैं साथमा रहेको उद्घोष गरे ।
चन्द्रौटाबाट अभियानको थालनी गरेको रोट्याकले उद्घाटनकै दिन पाँच सय थान मास्क वितरण गरेको क्लबका सचिव शिशिर पोख्रेलले जानकारी दिएका छन् । यस कार्यलाई निरन्तरता दिंदै अघि बढ्ने उनले जनाएका छन् ।
२८ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया