काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ हुन ६ महिनादेखि वर्षदिन लाग्ने प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले बताउनुभएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले सक्रिय भएर हिँडडुल तथा साधारण मानिसले जस्तो जीवन यापन गर्न समय लाग्ने बताउनु भएको हो ।
एक हप्ता अगाडि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताउनु भएको हो ।
‘प्रधानमन्त्री ओलीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ । उहाँलाई भिडभाडमा नजान सल्लाह दिएको छ । तर, उहाँले दैनिक कार्य आफ्नो कार्यालयबाट गर्न सक्नुहुन्छ’, डा. सिंहले भन्नुभयो ।
प्रधानमन्त्री ओलीको घाउ निको हुन समय लाग्ने भएकाले धेरै हिँडडुल गर्न नहुने शाहले जानकारी दिनुभयो । उहाँले अस्पताल विश्वस्त भएपछि डिस्चार्ज गर्ने जानकारी दिनुभयो ।
२७ फाल्गुन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया