९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा ढकाल



बुटवल ।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यक्षमा डा. इन्द्र ढकाल निर्विरोध निर्वा्चित भएका छन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा डा. डीबी खत्री, उपाध्यक्षमा डा. सन्दिप सुबेदी महासचिवमा डा. सन्तोष पोखरेल, कोषध्यक्षमा डा. सरीता देवी श्रेष्ठ, सहसचिवमा सागर क्षेत्री, सहकोषाध्यक्षमा डा. नेत्रबहादुर राना निर्वाचित भएका छन् ।
सदस्यहरुमा डा. बिनोदकुमार पराजुली, डा. वर्षा थापा, डा. समीर आर्चाय, डा. मोहन तिवारी, डा. राजकुमार श्रेष्ठ र डा. खलिल मिया निर्वा्चित भएको प्रमुख मतदान अधिकृत डा कृष्ण खरेलले बताए । मतदान अधिकृत डा. सम्राट पराजुलीले फागुनभित्र सबै शाखाको निर्वाचन सम्पन्न गर्न कार्यअनुसार नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको निर्वाचन गरिएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६ मंगलबार ००:००  ५ : २० बजे