काठमाडौं ।
राप्रपा नेपाल र राप्रपा संयुक्त बुधबार हुँदैछ। तीन अध्यक्ष रहने गरी समझदारी पत्रमा नेताहरुले हस्ताक्षर गरिसकेका छन्। बुधबारबाट राप्रपा संयुक्तसँग एकताको टुंगो लागेपछि कमल थापाले आफू नेतृत्वको राप्रपाको अन्तिम केन्द्रीय समितिको बैठक बोलाएर सबैलाई धन्यावाद दिएका छन्।
‘आजको बैठक पार्टी एकता घोषणा हुनुअघिको अन्तिम बैठकको रुपमा रहेको छ,’ थापालाई उदृत गर्दै राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले भने, ‘राप्रपा सञ्चालनका क्रममा आफूलाई साथ, सहयोग, समर्थन गर्ने र पार्टी एकता प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन दिन चाहन्छु।’ राप्रपा संयुक्तसँग एकताबारे अन्तिम टुंगो लगाउन राप्रपाले अध्यक्ष कमल थापालाई जिम्मा दिएको थियो।
राप्रपा र राप्रपा संयुक्त एकता भएपछि पार्टीको अध्यक्षमा पशुपति शमशेर जवरा, कमल थापा र डा।प्रकाशचन्द्र लोहोनी हुनेछन्। उनीहरुको वरीयताक्रम पनि समान हुने सम्झौता भएको छ। एकता भएको डेढ वर्ष भित्र महाधिवेशन सम्पन्न गर्ने समझदारी पनि भएको छ। पार्टीको चिन्ह गाई या हलो के चिन्ह हुने भन्ने अझै टुंगो लागेको छैन। आज भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा सबै केन्द्रीय सदस्यहरु सहभागी भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया