९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उराठ होलीः कपिलवस्तुमा छैन चहलपहल (फोटो फिचर)



दीपा महत, चारनम्बर ।

रंगहरुको पर्व फागु अर्थात होली आज तराईमा मनाईदैं छ । हिजो हिमाली र पहाडी जिल्लामा मनाईएको हो भने आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । तर, यस वर्षको होली गर्त वर्षको जस्तो उल्लासपूर्ण देखिदैन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड₋१९) कारण यस वर्षको होली सुनसान बनेको हो । विश्वका सयौं देशमा फैलिएको कोरोनाको उच्च जोखिममा नेपाल पनि रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । यस संगै नेपालमा पनि उच्च सावधानी अपनाइएको छ । नेपालमा अहिले कुनैपनि भिडभाड हुने किसिमका सभा, समारोह, सम्मेलन गर्न सरकारले रोक लगाएको छ । बढी भिडभाडमा कोरोना भाइरसको जोखिम हुने भन्दै सरकारले सावधानी अपनाउन आग्रह हो । होलीमा बढी भिडभाड हुने, लोला पानी छ्याप्ने लगाएतका कृयाकलाप हुने हुँदा यस किसिमका कुनै पनि कार्य नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । कपिलवस्तुका कुनै पनि ठाउँमा यस वर्ष होली विशेष कार्यक्रम गरिएको छैन् । जिल्लाकै ब्यस्त मानिने वाणगंगाको चारनम्बरमा पनि होलीको कुनै चहलपहल छैन् ।

विगतका वर्षमा विभिन्न संघ संस्था तथा क्लवले जितपुरमा होली विशेष कार्यक्रम आयोजना गर्ने गरेपनि यस वर्ष भने कुनै कार्यक्रम आयोजना गरिएको छैन् । यस्तै बोडगाउँ, बनगाई, पिपरा, गजेहडा, बैरिया, गोरुसिंगे लगायतका बजारमा पनि खासै चहलपहल छैन् । केहि ठाउँमा बालबालिकाहरुले रमाइलो गरेपनि धेरै ठाउँमा होलीको कुनै चहलपहल छैन् । कोरोना संक्रमण हुने भन्दै होली नखेलेको गजेहडाका मनोज घिमिरेले बताउनुभयो ।

कपिलवस्तुमा होली हेर्नुस तस्बीरमाः

प्रकाशित मिति : २७ फाल्गुन २०७६ मंगलबार ००:००  १ : ४७ बजे