दाङ ।
बसको ठक्करबाट दाङमा एक पैदल यात्रुको मृत्यु भएको छ । जन्ती र्पुयाएर फर्किँदै गरेको रा १ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा लमही नगरपालिका वडा नम्बर १ सुनडबरीका १९ वर्षीय हुमन घर्ती मगरको मृत्यु भएको हो ।
पूर्व(पश्चिम राजमार्गअन्तरगत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले आइतबार बेलुका मगरलाई ठक्कर दिएको थियो ।
दुर्घटनालगत्तै स्थानीयले राजमार्ग बन्द गराएका थिए । पीडित पक्ष, गाडीधनी र स्थानीय प्रशासनका बीचमा भएको छलफलपछि चालकलाई कानुनबमोजिम कारबाही गर्ने तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । त्यसपछि सोमबार बिहान दुई बजेतिर स्थानीयले राजमार्गमा यातायातका साधन सञ्चालनमा आउन दिएका थिए ।
२६ फाल्गुन २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया