९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

होलीमा उछृंखल गतिविधि गर्ने २५ जना प्रहरीको नियन्त्रणमा



काठमाडौं ।
उपत्यकाका विभिन्‍न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटीलगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ। त्यस्तै सवारी नियम उल्लंघन गर्ने ५२ वटा २ पांग्रे सवारी र एउटा कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर र ललितपुरबाट भने अहिलेसम्म कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले आफ्नो मातहत रहेका स्थानबाट कोही पनि पक्राउ नपरेको बताए। त्यस्तै ललितपुर प्रहरीका अनुसार पनि होली शान्तिपूर्ण रुपमा खेलिएको पाइएको छ । गत वर्षको तुलनामा यस पटक होली खेल्नेको संख्या निक्कै कम रहेकाले उच्छृङखल गतिविधिमा कमी आएको छ । विश्‍वभर फैलिँदै गएको कोरोनाभाइरसको त्रासका कारण गत वर्षहरुमा हजारौँको भीडभाड हुने स्थानहरुमा समेत निक्कै कम होलीमा रमाउनेहरु देखिएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६ सोमबार ००:००  ३ : ३९ बजे