काठमाडौं ।
फागु पर्वलाई व्यवस्थित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषेश ट्राफिक योजना लागु गरेको छ । जस अन्तर्गत फागु पर्वमा दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन उपत्यकाको विभिन्न चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिएको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले बताए ।
ढकालका अनुसार उपत्यकाका ७६ भन्दाबढी स्थानमा ट्राफिक चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानले गस्ती तथा मोबाइल चेकिङ गर्नेछन् । त्यसको लागि ५ सय बढी ट्राफिक प्रहरी फिल्डमा खटिने महाशाखाले जनाएको छ ।
त्यस्तै होलीमा हुनसक्ने संभावित अपराध नियन्त्रणका लागि महानगरीय प्रहरी कार्यालय रानीपोरीले पनि मातहतका युनिटलाई विशेष परिचालन गरेको जनाएको छ । होलीमा यसअघि हो–हल्ला गर्ने मादक पदार्थ सेवन गरेर झगडा हुने गरेका थिए ।
यस पटकको होलीमा भने विश्वभर माहामारीको रुपमा फैलिको कोरोना भाइरसका कारण होली पर्व नै नमनाउन सरकारले आग्रह गरेको छ ।
प्रतिक्रिया