९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कतारद्वारा नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक



काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) को तीव्र संक्रमणसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतार सरकारले हिजो आइतबार सूचना जारी गर्दै चीन, भारत, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड र नेपालका नागरिकलाइई प्रवेशमा रोक लगाएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।
कतारमा आज बिहानसम्ममा १५ जना संक्रमित भएका छन् । त्यहाँको सार्वजनिक स्वास्थ्य मन्त्रालयले तीन जना आप्रवासी कामदारलाई पनि कोरोना संक्रमण भएको जनाएको छ । कतारमा हालसम्म ३ लाख ५१ हजार नेपाली कामदार रहेको त्यहाँका दूतावासले जनाएको छ।
चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरस अहिले विश्वको एक सय ९ वटा देशमा फैलिसकेको छ । हालसम्म कोरोनाबाट ३ हजार ८ सय ३० जनाको मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६ सोमबार ००:००  १२ : १३ बजे