एजेन्सी । इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा पूनरागमन गरेको छ । निकै नै महत्वपुर्ण मानिएको खेलमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै युभेन्टसले पूनरागमन गरेको हो । कोभिड–१९० कोरोना भाइरसको विश्वव्यापी सन्त्रासका कारण बन्द रंगशालामा खेलाइएको थियो । समर्थक विना नै युभेन्टसले जित निकाल्न सफल भयो । जितसँगै युभेन्टसको २६ खेलबाट ६३ अंक छ । समान २६ खेलबाटै लाजियोको ६२ अंक छ । पराजित इन्टर मिलान २५ खेलबाट ५४ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा आरोन राम्सी र पाउलो डिबालाले गोल गरे । दुवै गोल दोस्रो हाप mमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
५५औं मिनेटमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पासमा आरोन राम्सीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६७औं मिनेटमा आरोन राम्सीकै पासमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसको जित पक्का गरे । ८०औं मिनेटमा रेफ्रीसँग अनावश्यक विावद गरेपछि इन्टर मिलानका वैकल्पिक गोलरक्षक ड्यानिले पाडेली सिधै रातो कार्ड खादै टच लाइनबाट मैदानबाट बाहिरिएको थियो ।
प्रतिक्रिया