एजेन्सी ।
स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड स्तब्ध बनेको छ । रियल घरेलु टोली रियल बेटिससँग २–१ स्तब्ध बनेको हो । रियललाई स्तब्ध बनाउन रियल बेटिसका सिड्नेई र सब्सिच्युट क्रिस्टियन टेलोले गोल गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए ।रियल बेटिससँग हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ । रियलले अघिल्लो साता मात्रै इएल क्लासिकोमा बार्सिलोनालाई पराजित गर्दै शीर्षस्थानमा पुनरागमन गरेको थियो । तर, रियलले रियल बेटिसविरुद्ध जित निकाल्न सकेन । रियल बेटिस ३३ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको १२औं मिनेटमा सिड्नेइले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले नविल फेकिरको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रियलले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याएको थियो । सिड्नेइले मार्सेलोलाई पेनाल्टी बक्समा लडाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जुलाई करिम बेन्जेमा गोल गर्न सफल भएका थिए ।
खेल सकिन ८ मिनेट बाँकी रहँदा सब्सिच्युट क्रिस्टियन टेलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एन्ड्रिस गुर्डाडोको पासमा गोल गरेका थिए । क्रिस्टियन ६६औं मिनेटमा जोआक्वीनको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु टोलीसँग स्तब्ध बन्न पुग्यो ।
प्रतिक्रिया