डा. कृष्ण प्रसाद पाठक ।
डिमेन्सिया के हो ?
डिमेन्सिया रोगको अहिले विश्वभरी सचेतना बढेको देखिन्छ । तर, यस रोगका बारेमा उठेको केही विषय वस्तका सम्बन्धमा आम जनमानसमा सही सचुना पुग्न सकिरहको छैन । त्यसलै डिमेन्सिया के हो र यसको उपचारमा कसरी सफलता पाउन सकिन्छ बझ्न जरुरी छ । डिमेन्सिया भन्ने वित्तिकै हामी के बुझ्न जरुरी छ भने यो एउटा झुण्ड विशेषता÷लक्षण बोकेको रोग हो । जसले दिमागमा असर गर्दछ । यो रोग लागेको थाहा पाउने प्रमुख सङ्केत स्मरण शक्तिले दिन्छ । साथै व्यवहारजन्य परिवर्तन, व्यक्तिगत क्रियाकलापमा परिवर्तन देखिन्छ । उमेरको बृद्धि सँगै स्वभाविक स्मरण शक्तिमा परिवर्तन त देखिन्छ नै तर डिमेन्सियाले व्यक्तिका क्षमता र उसले गर्ने दैनिक क्रियाकलापलाई नाश गरिदिन्छ । डिमेन्सिया विभिन्न शारीरिक गडबडीका कारणहरुले हुने गदर्छ । त्यसमध्ये केही मात्रै रोकथाम गर्न सकिन्छ । शुरुवाती अवस्थामा विरामीको शारीरिक अथवा मनोबैज्ञानिक अवस्था जस्तो कि, उच्च ज्वरो, डिप्रेसन, अथवा सामान्य टाउको दुख्ने जस्ता कारणबाट उत्पन्न समस्यालाई सुधार्न तथा उपचार गर्न सकिन्छ । तर धेरै जसो डिमेन्सियाको हालसम्म सफल उपचार देखिएको छैन् । एउटा अनुसन्धानमा त करिब ५० प्रतिशत भन्दा माथि त रोगको निदान हुने भएता पनि त्यसको उपचार हुन नसक्ने देखाएको छ ।
निम्न ७ चरणको लक्षणका आधारमा डिमेन्सिया रोग लागेको बिरामी थाहा पाउन सकिन्छ-
पहिलो चरण- खासै चिनिने समस्या हुँदैन । विरामीले कहिले काहीँ केही व्यवहार तथा मनावैज्ञानिक तवरले अप्ठ्यारोपना देखाउँछन् ।
दोस्रो चरण – केही हल्का रुपमा व्यवहारजन्य अवरोध आउँछ । जसलाई Very mid stage भनिन्छ ।
तेश्रो चरण – Mlld cognitive important यसमा रोगीले अलि बढि दिमागी समस्या देखाउँछन् । आफ्नो काम गर्न सके पनि लथालिङ्ग पारामा गर्ने, योजनाबद्ध दैनिकी सञ्चालन गर्न नसक्ने, पटक पटक भनाई, बोलाई, गराई दाहोरिने र तत्कालका कुरा छिट्टै विर्सने हुन्छ ।
चौथो चरण – Mderate मा एक्लै यात्रा गर्न नसक्ने हुन्छन् ।
पाँचौ चरण – आफ्नो फोन नं. नसम्झ्ने, परिचित व्यक्तिलाई चिन्न मुिस्कल हुने । कपडा उल्टो सुल्टो लगाउने र अरुको सहयोग विना केहि गर्न नसक्ने अवस्थामा हुन्छन् ।
छैटौं चरण – Severe Impairment रोगीको विर्सने गति धेरै हुन्छ । आफ्नो श्रीमतीको नाम भन्न नसक्ने हनु जान्छ । इमोसन्र व्यक्तिगत कुरामा परिवर्तन आइरहन्छ ।
सातौ चरण – Server deline हो र होइन को भाषा बोल्ने, बोल्न सक्ने, हिड्न नसक्ने र ओछ्यानमा सुतेर पुरै समय बिताउने र सोच्ने शक्ति पुरै गुमाउने अवस्थामा बिरामी पुग्दछन् । डिमेन्सियाको सही निदानका लागि माथीका ७ वटा कुरालाई ख्याल राख्दै निम्न लिखित ६ वटा क्रियाकलापलाई मूल्याङ्कन गर्दा अझ बढि प्रष्ट हुन सकिन्छ ।
१) विरामीले गरी आएको दैनिकीका सामान्य काम जस्तो खाना पकाउने, चिया पकाउने, जस्ता काम गर्न सक्दनैन् ।
२) विरामी पटक पटक विराउने, हराउने, भरखर गरेको कुरा बिर्सने, आफुले राखेका सामान थाहा नपाउने तथा पटक पटक एउटै कुरा दोहो¥याउने गदर्छन् ।
३) आफ्ना खाता-पाता, पैसाको सही गणना, कुराकानी गर्दा तार्किकतामा ह्रास, पहिले लिई आएको जिम्मेवारीको गलत निर्णय तथा कमजोर निर्णय गर्न पुग्दछन् ।
४) भाषा छनौट, सिलसिला तथा शब्द प्रयोगमा कठिनाई, छलफल तथा अन्य समुदायका क्रियाकलापमा असक्षम हुन पुग्दछन् ।
५) ड्राइभिङ्ग गर्न, बस चड्ने ठाउँसम्म जान नसक्नु, धारा बन्द नगर्ने, लेख्न-पढ्न नसक्ने हुँदै जान्छन् ।
६) व्यवहारजन्य क्रियाकलापमा धेरै नै गडबढी आउने, दिक्क मान्ने, अल्छिपन् देखाउने, कम जिम्मेवारी वहन गर्ने, शङ्कालु हुने, आवाज तथा प्रकाशसँग बढी सम्बेदनशिल हुँदै जान्छन् । यी माथि उल्लेखित लक्षणहरु देखिएमा हामी उक्त व्यक्तिलाई डिमेन्सिया लागेको हो भनेर छटु्याउन सक्दछौं । उक्त लक्षणको आधारमा डिमेन्सिया रोग हो भनेर छुट्याउने क्षमता राख्दा ती लक्षण देखिएका सबैलाई फेरी कुन प्रकारको डिमेन्सिया हो त भने छुट्याउन पर्ने हुन्छ ।
के त्यो व्यक्ति अल्जाइमर्सको विरामी हो ?
vascular, from totempiral, lekybodies or, Huntirytions, or crewteteidt Jacob disease कुन हो ? भनेर हेर्नु जरुरी हुन्छ । नत्र भने विरामीको सही निदान नभइ विरामीको रोग निको नहुन सक्दछ । डिमेन्सियाका साथै अल्जाइमर एउटा प्रमुख रोग हो ।
डिमेन्सियाका करिब ६०–७० प्रतिशत लक्षणहरु अल्जाइमर्स रोगमा देखिन्छ । डिमेन्सिया अरु धेरै प्रकारका हुन्छन् जस्तै, Vascular disease, Fronto temporal, (फ्रनटोटेम्पोरल) lewy body (लेवीवडी) जसलाई Mixed dementia भनिन्छ । पार्किन्सन् creutzteldet Jakob र अन्य मेनिन्जाइटिस, हन्टोन्गटन, मल्टीपल स्केलेरोसीस, दिर्घ रोग, एच.आई.भी, Drug abuse (दुब्यर्सन्) । टाइपोग्लाइसेमा, हर्मोनको मात्रा कमी वा बेसी, मेटावोलीक डिसअडर (metabolic disorder), भिटामिन B6, b12 s कमी आदि ।
यस्तो अवस्थामा कनु कुन प्रकारको रोगमा के कस्ता लक्षण देखा पदर्छन् ?
कुन प्रकारको डिमेन्सिया हो र यसलाइ कसरी चिन्ने ? भन्ने कुरा थाहा पाउन अति जरुरी हुन्छ ।
भासकलुर डिमेन्सिया– यसमा विरामीको तार्किकतामा ह्रास, योजनामा कमी, कन्फ्युजन हुने, ध्यान एकाग्र नहुने, विचार तथा विषयवस्तु विश्लेषण गर्न मुिस्कल हुने, हिँडाइको प्रकृति फरक हुने, पिसाव पटक पटक लागेको अनुभूति हुने, बौद्धिक खुबीमा ह्रास आउने, दिमागी काम बाहेक (In continence) पिसावको गडबढी, Mask Dacial (मखु फुलाउने), कमजोरी, प्यारालाइसिस्, जस्ता लक्षण देखिन्छ । अल्जाइमर्स पछिको मुख्य रुपमा भेटिने रोग भासकुलर डिमेन्सिया हो । पटक पटक दिमागमा चोट–पटक लाग्नाले, कार्डियाक समस्या Lupus erythematosus, collagen vascular जस्ता कारणले vascular demencia हुने गर्दछ । यस्तो केसमा १० देखि १२ प्रतिसत Demencia case हुने गदर्छ । डिमेन्सियाका साथै अल्जाइमर एउटा प्रमुख रोग हो । डिमेन्सियाका करिब ६०-७० प्रतिशत लक्षणहरु अल्जाइमर्स रोगमा देखिन्छ ।
डिमेन्सिया अरु धेरै प्रकारका हुन्छन् जस्तै, ख्बकअगबिच मष्कभबकभ, Vascular disease, Fronto temporal (फ्रनटोटेम्पोरल) lewy body (लेवीवडी) जसलाई Mixed dementia भनिन्छ । पार्किन सन् creutzteldet Jakob र अन्य मेनिन्जाइटिस, हन्टोन्गटन, मल्टीपल स्केलेरोसीस, दिर्घ रोग, एच.आई.भी, Drug abuse (दुव्र्यसन) । हाइपोग्लाइसेमा, हर्मोनको मात्रा कमी वा बेसी, मेटावोलीक डिसअडर (metabolic disorder), भिटामिन B6 , b12 कमी आदि ।
Frontotemporal dementias ले पनि चिनिन्छ । यसमा पाँच प्रतिशत डिमेन्सियाको लक्षणहरु मिल्दछन । जुन अलि युवा अवस्थामै शुरु हुन्छ । यसले व्रेनको अघिल्लो भागमा आक्रमण गर्दछ । योजना गर्न नसक्नु, व्यक्तिगत कुराहरुमा परिवर्तन आएको गएको नबुझ्नु, Aphasia, भाषा शब्द पाउन गाह्रो हुनु । Palilalia compulsive हुनु आदि । यो २ वर्ष देखि १० वर्षसम्म अन्योलरही अन्तत बिरामीको मृत्यु हुन्छ । Lewy Bodies dementia यसमा दश प्रतिशत डिमेन्सियाको लक्षणहरु मिल्दछन् । पार्किन्सन् तथा Alzheimer का लक्षणहरु विरामीले देखाउँछन् । त्यसैले यसलाई Mix type dementioa k पनि भनिन्छ । अन्योल, भ्रमयुक्त कुरा गर्नु, दोष लगाउनु, (चोरी गर्न आउँदैछ, नराम्रो सोच्दैछ आदि) बसाई–हिँडाई तथा बोलीको सन्तुलन नहनु, मांसपेसी कडा हुनु, शारीरीक हाउभाउ राम्रो नदेखिनु जस्ता लक्षण यस रोगमा देखापर्दछ । Huntingtons’s desease यो दुर्लभ रोग मानिन्छ । मानिसमा ३०–४० वर्षको उमेरबाट शुरु हुन्छ । यस रोगले केन्द्रिय स्नायु प्रणालीमा असर पार्दछ । अनियन्त्रित चाल, व्यवहारमा परिवर्तन, चिडचिडाहट, झट्का, बटारिनु, भ्रम, अन्योल, थकित शरीर जस्ता लक्षणहरु विरामीमा देखिन्छ । यो रोग को पहिचान गर्न २० वर्षसम्म पनि समस्या पर्दछ ।
Creut-teidt disease यो पनि दुलर्भ घातक दिमागी रागे हो । यसले छिटो दिमागलाई प्रभाव पार्दछ । दश लाखमा १–२ जनालाई यो रोग भएको पाइन्छ । बौलाएको गाई, गोरुको मासु खाँदा तथा दुध खाँदा यो रोग हुने गर्दछ भनिन्छ । जसलाई Mad cow disease पनि भनिन्छ । Bovine spongiform encephalopathy किटाणु यसका कारक मानिन्छ ।
डिमेन्सियामा के के परिक्षण विधि अपनाइन्छ ?
डिमेिन्सया रागे को परिक्षण विधि अहिलेसम्म यकिन हनु सकेको छैन । विभिन्न देशमा फरक–फरक किसिमले यसको परिक्षण गरेको पाइन्छ । shift test, clock drawing test, More quick test time and change test, more quick test, MMSE test ARDS test, Fucas test, CDR test, IADL test, GDS Test,RAVL T, SDMT, BDI, RBMT. RoCFT, Quality of cift test परिक्षण विधि प्रचलनमा रहेको छ ।
प्रतिक्रिया