९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एभर्टनको पोष्टमा चेल्सीको चार गोल



काठमाण्डौ ।
इंग्लिस प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई चार शून्यको अन्तरले हराएको छ । घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले सुरुवातदेखि नै राम्रो खेलेको थियो ।

खेलको १४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा पेन्द्रोको गोलले चेल्सी दुई शून्यले अगाडि रहेको थियो। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा पनि दुई गोल गर्यो ।

५१ औं मिनेटमा विलियमले गोल गर्दै टीमलाई तीन शून्यले अगाडि राखे । ५४ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै टिमलाई चार शून्यको अग्रता दिलाए । एभर्टन खेलमा फर्कन नसकेपछि चेल्सीले सहज जित निकाल्यो ।

यो जितपछि चेल्सीले २९ खेलमा ४८ अङ्क बनाएको छ ।१२ औं स्थानको एभर्टनको ३७ अङ्क छ । यो जितले चेल्सीले शीर्ष चारमा रहने संभावना पनि बलियो बनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६ सोमबार ००:००  ६ : ११ बजे