मायादेवी अनलाइन, चारनम्बर ।
१ सय १० औं अन्तर्राष्ट्रिय महिला दिवसमा ज्ञानपुन्ज बोर्डिङ्ग स्कुल बाणगंगा–२ राजपुरले महिला शिक्षकलाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययापनरत विद्यालयका सम्पुर्ण महिला शिक्षिकाहरुलाई सम्मान गरेको हो । सम्मानसंगै उहाँहरुलई मायाको चिनो पनि प्रदान गरिएको छ । विद्यालयका प्राचार्य सुरेन्द्र पाण्डेको अध्यक्षता, पुर्व अध्यक्ष तथा समाजसेवी दोलकराम घिमिरेको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका संचालकहरु नारायण प्रसाद पौडेल, चिरन्जिवी पन्थ, विष्णु घिमिरे लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा भएको बताउनु भयो । यस दिवसमा गरेको सम्मानले वास्तविक रुपमा महिला शिक्षकहरुको आत्मबल बढ्ने र त्यसले शिक्षणमा सहयोग गर्ने उहाँले विश्वास गर्नुभयो । प्राचार्य पाण्डेले सृष्टिका संवाहक महिलालाई यस अवसरमा सम्मान गर्न पाउदा अत्यन्तै हर्षित भएको वताउनुभयो । उहाँले आफू प्रिन्सिपल भएदेखि नै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा ध्यान दिएको बताउँदै आफ्नो अभियानमा सहयोग गर्न सबैलई आग्रह गर्नुभयो । विद्यालयका शिक्षक अमृत न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा सहायक प्रिन्सिपल विनोद नेपाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया