९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिद्धार्थ क्याम्पसले भन्योः वार्षिक लेख र पत्रपत्रिका प्रकाशन गर्छौ



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीमा आयोजित एक कार्यक्रममा क्याम्पसले वार्षिक रुपमा लेख प्रकाशन गर्ने वताएको छ । शुक्रवारदेखि आइतबारसम्म भएको गुणात्मक डाटा व्यवस्थापन तथा विश्लेषण सम्वन्धि कार्यशालामा क्याम्पसले यस्तो प्रतिवद्धता जनाएको हो । सिद्धार्थ क्याम्पस र रिसर्च एण्ड पव्लिकेशन सेलको आयोजना तथा युजिसि नेपालको सहयोगमा कार्यशाला संचालन गरिएको थियोे ।
तीन दिनसम्म संचालन भएको कार्यशालामा नेपाल ओपन युनिभर्सिटिका प्रोफसेर डाक्टर जिवन खनाल तथा प्रोफेसर डा. कर्ण रानाले सहजिकरण गर्नुभएको थियो ।
क्याम्पस संचालक समितिका उपाध्यक्ष रवि वहादुर काफलेले यो कार्यक्रमले रिसर्च गर्नका लागि ढोका खोलिदिएको र अव काम गर्न थप उत्साह प्रदान गरेको बताउनु भयो ।
क्यापस प्रमुख खेमराज शर्माले रिसर्च तथा लेख सम्वन्धि ज्ञान नभए पछि परिने बताउभयो । शर्माले अव मिलेर रिसर्च तथा लेखका लागि सवै लाग्नुपर्ने भन्दै क्याम्पसले छिट्टै वार्षिक रुपमा लेख तथा पत्रपत्रिका प्रकाशन गर्ने बताउनुभयो ।
उहाँले उत्कृष्ट लेखका लागि कसरत गर्नुपर्ने र क्यापसको गुणस्तरमा थप टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सहभागी शिक्षक शिशिर अर्यालले सिकेका कुरालाई व्यवहारमा लागु गर्नु पर्ने बताउनु भयो ।
क्याम्पसकी विद्यार्थी गिता अर्यालले रिसर्च सम्वन्धि ज्ञानले करियरमा समेत टेवा पुग्ने बताउनु भयो । कार्यक्रम क्याम्पस प्रोफेसर गोविन्द खनालले संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६ आइतबार ००:००  ७ : १३ बजे