९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अफगानिस्तानमा चुलिदै राजनीतिक संकट, एकैपटक दुई राष्ट्रपति बन्दै !



काबुल ।
अफगानस्तानमा दुईजना राजनीतिज्ञले एकैपटक राष्ट्रपति पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । अफगानिस्तानमा विपक्षी राजनीतिक दलका नेताले अलग्गै शपथ ग्रहण समरोहको उपस्थितिका लागि मुलुकभित्र र बाहिरका उच्च पदस्थ व्यक्तित्व र कुटनीतिज्ञलाई निम्तो दिएका छन् ।

अफगानिस्तानमा निर्वाचित राष्ट्रपति असरफ घानीका विपक्षी अब्दुल्लाह अब्दुल्लाहले समानान्तर शपथ ग्रहण समारोहका लागि निम्तो पठाएको अब्‍दुल्लाहका प्रवक्ता फरैदुन खाजुनले शनिबार बताएका हुन् ।

उनले भने, “हामीले सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई राष्ट्रपतिको शपथ ग्रहणका लागि निम्तो पठाइसकेका छौं र आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।”

उनले सोमबार बिहान घानीको शपथ ग्रहणकै समयमा अब्दुलाहले पनि राष्ट्रपतिको शपथ ग्रहण गर्ने जानकारी दिएका छन् ।

पछिल्लो समानान्तर सरकार बनाउने धम्कीले अघिल्लो साता भएको शान्ति सम्झौतालाई नै जोखिममा पार्ने देखिन्छ । फेब्रअरी २९ मा संयुक्त राज्य अमेरिका र तालिबानबीच १८ वर्ष लामो युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा अफगानिस्तानमा रहेको आफ्नो सेना अमेरिकाले फिर्ता लिने सम्झौतासँगै अफगान सरकार र तालिबानबीच वार्ताको वातावरण बन्‍ने अपेक्षा गरिएको थियो ।

सेप्टेम्बरमा भएको राष्ट्रपतिय निर्वाचनको नतिजा फेब्रअुरीमा सार्वजनिक भएको थियो । अफगानिस्तानको इलेक्ट्रोल कमिसनले घानीलाई विजयी घोषणा गरेको थियो । तर, अब्दुल्लाहले भने आफू निर्वाचित भएको दाबी गर्दै सरकार गठन गर्ने बताएका थिए ।

राष्ट्रपति घानीका प्रवक्ता सिद्दिक सिद्दिकीले गत वर्षको निर्वाचनमा घानी पक्षधर विजयी भएको बताएका छन् । “निर्वाचनको समय सकिएको र मुलुकको संविधान बमोजिम निर्वाचनको परिणाम अनुसार स्वतन्त्र निर्वाचन आयोगले घानीलाई जितको प्रमाणपत्र दिइसकेको छ,” प्रवक्ता सिद्दीकीले भने ।

घानी र अब्दुल्लाह पहिलेदेखि नै आमने-सामने थिए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका अब्दुल्लाहलाई अघिल्लो सरकारमा प्रमुख कार्यकारी पद स्थापना गरेर जिम्मेवारी दिइएको थियो ।

कुटनीतिज्ञ तथा विज्ञहरुले अफगानी राजनीतिज्ञहरुबीचको समाञ्‍जयस्ता र वार्ताका अभावमा समस्या उत्पन्‍न भएको र यसले तालिबानसँगको वार्तालाई थप अप्ठ्यारोमा पार्ने बताएका छन् ।

काबुलस्थित एक दूतावासकाले अब्दुल्लाहको पनि शपथ ग्रहणको निम्तो आएको उल्लेख गर्दै भने, “यो शान्ति प्रक्रियाका लागि अशुभ संकेत हो ।”

उनले विभिन्‍न मुलुकका कुटनीतिज्ञहरुले एकअर्कालाई फोन तथा म्यासेज गरेर आ-आफ्नो योजनाका बारेमा छलफल गरिरहेको बताए ।

एक कुटनीतिज्ञले भने, ूअफगानिस्तास्थित अमेरिकी प्रतिनिधि जामेइ खालिलजादले दुबै पक्षसँग वार्ता गरेर सोमबाअघि नै समस्याको समाधान गर्न खोजिरहेका छन् ।ू -अलजजिरा

प्रकाशित मिति : २५ फाल्गुन २०७६ आइतबार ००:००  ६ : ०५ बजे