९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तौलिहवामा मनाईयो अन्तर्राष्ट्रिय महिला दिवस



मायादेवी अनलाइन, तौलिहवा ।
‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ कपिलवस्तुको सदरमुकाममा १ सय १० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । मधेस मानव अधिकार गृह कपिलवस्तुले एक अन्तरक्रिया गरी दिवस मनाएको हो ।
सो अवसरमा वोल्दै अधिकारकर्मी रवि ठाकुरले विभिन्न ऐन कानुन सरकारी र गैर सरकारी निकायले समाजमा गरेका कामले महिलाहहरुले समानता पाउन थालेको बताए ।
साथै उनले समाजमा महिलाहरुले नै महिलाहरुको हकहितमा काम गर्नु पर्ने भएकोले महिलाहरु नै सचेत हुनुपर्ने बताए ।
सो अवसरमा अधिकारकर्मी माया ज्ञवालीले कपिलवस्तुमा जनचेतनाका कारण महिलामाथि हुने हिंसाका घटना बाहिर आएको र त्यसको कानुनी कारवाहीहरु हुने गरेको बताइन् । कार्यक्रममा माया नेपाली, लक्ष्मी श्रेष्ठ, विना चौधरी लगायतले महिला अधिकार र समानता अवसर र चुनौतीको बारेमा वोलेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६ आइतबार ००:००  ५ : ५० बजे