काठमाडौं ।
अस्ट्रेलियाले महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । मेलवर्नमा भएको खेलमा भारतलाई ८५ रनले पराजित गर्दै अस्ट्रेलियाली महिला टोली विश्व विजेता बनेको हो ।
पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले भारतसामु १ सय ८५ रनको लक्ष्य पस्किएको थियो । तर, भारतीय टोलीका सबै खेलाडी ९९ रनमै आउट भए ।
भारतकी १६ वर्षीया खेलाडी शेफाली वर्मा पहिलो ओभरमा २ रन बनाएर आउट भइन् भने जोमिमा रोड्रिग्सले कुनै रन बनाउन सकिनन् ।
स्मृति मन्धानाले ११ रन बनाइन् भने हरमनप्रित पनि धेरै समय मैदानमा टिक्न सकिनन् । यो अस्ट्रेलियाको पाँचौँ टी-२० विश्वकप उपाधि हो ।
बीबीसीका अनुसार महिला दिवसकै दिन एमसीजी रङ्गशालामा आयोजित खेल ८६ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष उपस्थित भएर हेरेका थिए ।
२५ फाल्गुन २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया