मायादेवी अनलाइन, चन्द्रौटा ।
सामान्य लेनदेनको विषयलाई लिएर कपिलवस्तुमा महिलामाथि एक पुरुषले एसिड हानेका छन् । जिल्लाको महाराजगंज नपा १ की बेमदेवी गुप्ताको निधार र शरीरमा सोही ठाउँका हरि नारायण बरईले एसिड हानेको प्रहरीले जनाएको छ ।
घटना शुक्रबार राति ८ बजे घटेको जनाइएको छ । एसिड आक्रमणबाट गुप्ता घाइते भएकी छिन् । वडा प्रहरी कार्यालय चन्द्रौटका अनुसार उनको कपिलवस्तु जिल्ला अस्पतालमा उपचार पश्चात भैरहवा रिफर गरिएको छ ।
गुप्ताको निधार र शरीरका विभिन्न स्थानमा एसिडको असर लागेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । उनी दुवै बीच लेनदेनको विषयमा विवाद बढेको थियो ।
बरईले गुप्तामाथि किन एसिड हाने यो विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जानकार स्रोतका अनुसार वरईले क्रिकेट व्याड भाचेको र त्यसको पैसा माग्दा गुप्तामाथि एसिड हानेका हुन् ।
बरई व्याट्रीको पसल सञ्चालन गर्दै आएको पनि बुझिएको छ । उनको साथबाट प्रहरीले वरईको ५ लिटर एसिड समेत वरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा दर्ता भएको बताइएको छ ।
२५ फाल्गुन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया