एजेन्सी ।
लियोनल मेस्सीले अन्तिम समयमा गरेको पेनाल्टीको सहयोगमा महत्वपूर्ण जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित रहेको खेलमा बार्सिलोका लागि मेस्सीले अन्तिम समयतिर पेनाल्टी मार्फत गोल गरेका हुन् ।
८१ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, त्यसलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाका लागि विजयी गोल गरेका हुन् । रियल सोसिडाडका लाग एलेक्सान्डर इसाकले गोल गर्ने राम्रो मौका पाएका थिए तर उनी गोल गर्न असफल रहे ।
जितपछि शीर्षस्थानमा पुगेको बार्सिलोनाको २७ खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानमा झरेको रियल मड्रिडको २६ खेलबाट ५६ अंक रहेको छ । बार्सिलोनासँग पराजित भएको रियल सोसिडाडको २६ खेलबाट ४३ अंक रहेको छ र उ छैटौँ स्थानमा छ ।
शनिबार राति नै भएको अर्को खेलमा मालोर्काले एइबरलाई २–१ ले पराजित गरेको छ । यसैगरी एथ्लेटिको मड्रिड र सेभिल्लाले २–२ तथा गेटाफी र सेल्टा डी भिगोले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया